खेलकूद

रियल मड्रिड र पीएसजीसहित चार टोली च्याम्पियन लीगको नकआउट चरणमा

हिमालय टिभी
२०७७ मंसिर २५ गते ७:५४
रियल मड्रिड र पीएसजीसहित चार टोली च्याम्पियन लीगको नकआउट चरणमा

२५ मंसिर, २०७७ काठमाडौं । रियल मड्रिड, बोरुसिया मोन्चेनग्लाडबाच र पीसजी च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह बी अन्तर्गत गएराति बोरुसिया मोन्चेनग्लाडबाचमाथि २–० को नजिता निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का पारेको हो । घरेलु मैदानमा रियलको जितमा दुबै गोल करिब बेञ्जिमाले गरेका थिए ।

जितपछि रियलले ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानसहित अर्को चरण पुग्दा हारका बावजुद शीर्ष दुईमा रहँदै मोन्चेनग्लाडबाच पनि नकआउट चरणमा पुग्यो ।

त्यस्तै समूह एच मा पीएसजीले समूह विजेताको रुपमा १६ मा स्थान बनायो । पीएसजीले इस्तानबुलमाथि ५–१ को शानदार जित निकाल्यो । पीएसजीको जितमा नेयमारले ह्याट्रिक बनाउँदा केलियन एम्बाप्पेले दुई गोल गरे ।

पीएसजीले १२ अंक जोड्दा हिजै नकआउट चरण पुगेको लाइप्जिगको पनि १२ अंक नै छ । रंगभेद झल्कने टिप्पणी भएको भन्दै यी दुईबीचको हिजोको स्थगित खेल गएराति भएको हो ।

त्यस्तै समूह ए मा वायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई र एट्लेटिको मड्रिडले साल्जवर्गलाई समान २(० गोलले हराए । दुबै टोली नकआउट चरणमा पुगिसकेका छन् ।

त्यस्तै समूह सी मा म्यानचेष्टर सिटीले मार्सेइलीमाथि ३–० र पोर्टोले ओलम्पियाकोसमाथि २–० को जित निकाले । दुबै टोली अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

उता समूह डी मा समूह विजेता लिभरपुल एफसी मिड्ट्जील्याण्डसँग १–१ गोलको बराबरीमा रोकिंदा एटलान्टाले अजाक्सलाई १(० गोलले हरायो । लिभरपुल र एटलान्टाले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्