भोलिदेखि प्रसारण हुने व्यङ्ग्य शृंखला सक्किगोनिको प्रमुख प्रायोजक डाबर रेड टुथपेस्ट
२४ मंसिर, २०७७ काठमाडौं । हिमालय टेलिभिजन एचडीबाट भोलिदेखि प्रशारण हुन लागेको हाँस्य व्यङ्ग्य शृंखला सक्किगोनिको प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ ।
सक्किगोनिको बजारीकरण गर्दै आएको एडप्याड प्रालि र डाबर नेपालबीच यससम्बन्धी सम्झौता भएको हो । यो सम्झौता एक वर्षको लागि गरिएको हो ।
सम्झौताले नेपाली मौलिक कार्यक्रमको प्रवर्द्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास गरिएको एडप्याड प्रालि र डाबर नेपालले जनाएका छन् ।
सक्किगोनी जस्तो चर्चित टेलिभिजन कार्यक्रमसँग जोडिन पाउँदा खुसी लागेको डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले बताउनुभयो ।
यस्तै सक्किगोनिको पावर्ड बाईमा सगरमाथा सिमेन्ट र दिव्या तेल तथा एसोसियट स्पोन्सरमा जोय पपैया र नोकिया छन् ।
कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला उत्पादन र प्रशारणका बारेमा सक्किगोनि टिम र हिमालय टेलिभिजनबीच यसअघि नै सम्झौता भएको थियो ।
प्रतिक्रिया