समाज

संघीय सरकार र प्रदेश २ बीच कुनै विवाद छैनः मन्त्री भट्टराई

हिमालय टिभी
२०७७ मंसिर २३ गते १७:५१
संघीय सरकार र प्रदेश २ बीच कुनै विवाद छैनः मन्त्री भट्टराई

२३ मंसिर, २०७७ जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र संघीय सरकारबीच कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।

जनकपुरधाममा आज भएको कार्यक्रममा उहाँले सात प्रदेशमध्ये प्रदेश २ सँग संघीय सरकारको सबैभन्दा राम्रो सम्बन्ध रहेको जिकीर गर्नुभयो ।

प्रदेश २ सरकारले अधिकार नदिएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएको छ । प्रदेश सरकारले संघविरुद्ध सर्वोच्च अदालतमा ४ वटा मुद्दासमेत हालेको अवस्थामा मन्त्री भट्टराईको यो धारणा आएको हो ।

कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले संघ र प्रदेशबीच विवाद भए संघीयताको मर्म कायम हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *