इंग्ल्याण्डका ६ ठूला क्लब डिबालालाई अनुबन्ध गर्न इच्छुक

२२ मंसिर, २०७७ इटली । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला इंग्लिस क्लबमा आवद्ध हुने सम्भावना बढेको छ ।
एजेन्टका अनुसार अर्जेन्टाइन स्ट्राइकरलाई ६ वटा ठूला इंग्लिस क्लबले प्रस्ताव गरेका छन् । उनलाई म्यान्चेष्टर युनाइटेड, लिभरपुल, चेल्सी, टोटनह्याम, म्यान्चेष्टर सिटी र आर्सनलले अनुबन्ध गर्ने प्रयास गरिरहेको बताइएको छ ।
डिबाला अघिल्लो सिजन नै इंग्लिस क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । त्यसबेला म्यान्चेष्टर युनाइटेड र टोटनह्यामले अनुबन्ध गर्ने प्रयास गरेका थिए ।
युभेन्टसमा डिबालाको सम्झौता १८ महिनामात्र बाँकी छ । त्यसैले आउँदो महिना खुल्ने ट्रान्सफर विन्डोमार्फत युभेन्टसले डिबालालाई विदा गर्ने सम्भावना बढेको बताइएको छ ।
इटालियन सिरिएको यो सिजन डिबालाले कुल ६ खेल खेल्दा गोल तथा एसिस्ट गर्न सकेका छैनन् ।
प्रतिक्रिया