खेलकूद

टोटेनह्याम फर्कियो इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ मंसिर २२ गते ७:१५
टोटेनह्याम फर्कियो इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

२२ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम शीर्ष स्थानमा फर्किएको छ ।

चिरप्रतिद्वन्द्वी आर्सनलमाथि २–० गोलको सहज जित निकाल्दै टोटेनह्यामले फेरी शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन सन् ह्युङ मिन र ह्यारी केनले एकएक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा मिनले टोटेनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इञ्जुरी समयमा केनले गोल थप्दै टोटेनह्यामको जित सुनिश्चित पारे ।

शीर्ष स्थानको टोटेनह्यामले ११ खेलमा २४ अंक जोडेको छ । उता पराजित आर्सनल समान ११ खेलबाट १४ अंक जोड्दै १५ औं स्थानमा छ ।

लीग अन्तर्गत नै गएराति साविक विजेता लिभरपुलले वुल्भ्सलाई ४–० ले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमेद सलाह, जर्जिनियो विज्नाल्डम र जोल माटिपले एक(एक गोल गरे भने एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो ।

घरेलु मैदान एनफिल्डमा २४औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । त्यसपछि लिभरपुलका लागि ५८औं मिनेटमा विज्नाल्डम र ६७ औं मिनेटमा माटिपले एक(एक गोल थपे ।

त्यस्तै ७८औं मिनेटमा वुल्भ्सका नेल्सन सिमिडोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा ४–० को अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन । जितसँगै ११ खेलबाट २४ अंक जोड्दै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लीग अन्तर्गत नै गएराति लेष्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ र क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई ५१ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्