कला/मनोरञ्जन

कसरी सहभागी हुने चर्चित रियालिटी शाे The Voice Of Nepal Season 3 मा ?

हिमालय टिभी
२०७७ मंसिर २१ गते १९:४६
कसरी सहभागी हुने चर्चित रियालिटी शाे The Voice Of Nepal Season 3 मा ?

२१ मंसिर, २०७७ काठमाडौं । हिमालय टेलिभिजनको विश्व चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–तीन को डिजिटल अडिसन शुरु भएको छ । डिजिटल अडिसनमा कसरी सहभागी हुने त ? थाहा पाउन हेर्नुहोस् यो रिपोर्ट–

सांगीतिक क्षेत्रमा स्थापित हुन चाहने प्रतिभाका लागि द भ्वाइस अफ नेपाल सिजन थ्रीको डिजिटल अडिसन खुलेको छ । अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् गीत रेकर्ड गरी पठाउनुपर्नेछ । डिजिटल अडिसनमार्फत् गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिनेछ ।

आफ्नो रेकर्ड पठाएपछि आवेदनकर्ताले एउटा कोड पाउनेछन् । १६ वर्ष पुगेका र ४५ वर्ष ननाघेका प्रतिभाले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्छन् ।

मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएमा द भ्वाइस अफ नेपालको फेसबुक पेजमार्फत् पनि अडिसनमा भाग लिन पाइनेछ । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

कुनै पनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाले पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन् । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोन नम्बर 9841-53-44-28 मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकले यही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् । द भ्वाइस अफ नेपाल नेपालको नम्बर वन गायन रियालिटी सोका रुपमा स्थापित भइसकेको छ ।

डिजिटल अडिसनमार्फत् सहभागी प्रतिभाको क्षमता परीक्षणपछि १ सय जना प्रतिभालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइनेछ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल हुने प्रतिभाको सांगीतिक यात्रा त्यही विन्दुबाट शुरु हुनेछ ।

नेपाली टेलिभिजन रियालिटी सोका सबैजसो रेकर्ड तोड्दै द भ्वाइस अफ नेपाल टु, करोडौं नेपालीको मनमा बस्न सफल भएको थियो । अहिले डान्सिङ्ग विथ द स्टार्सको प्रशारण गरिरहेको हिमालय टेलिभिजन एचडीले अर्को रियालिटी शो हिमालय रोडिज पनि प्रशारण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *