खेलकूद

भारतले एक खेल अगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज

हिमालय टिभी
२०७७ मंसिर २१ गते १८:३०
भारतले एक खेल अगावै जित्यो अष्ट्रेलियाविरुद्धको सिरिज

२१ मंसिर, २०७७ सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्ध तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज एक खेल अगावै जितेको छ ।

सिड्नी क्रिकेट ग्राउण्डमा आज भएको दोस्रो खेल भारतले ६ विकेटले जितेको हो । अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

भारतको जितमा ओपनर शेखर धवनले ५२ रनको अर्धशतकीय पाली खेले । त्यस्तै कप्तान विराट कोहलीले ४० रन बनाउँदा हार्दिक पाण्डेयले नटआउट ४२ बनाए । अर्का ओपनर केएल राहुलले ३० रनको योगदान गरे ।

यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि आएको घरेलु टोलीले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । राम्रो सुरुवात गरेको अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै, स्टिभ स्मिथले ४६ र मोइजेस हेनरिक्सले २६ रन जोडे । बलिङतर्फ टि नटराजनले २ विकेट लिए । सिरिजमा यसअघि भएको पहिलो खेलमा भारत ११ रनले जितेको थियो । यि दुईबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार सिड्नीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्