आर्थिक

लगातार उकालो लागेको शेयर बजारमा पहिरो

हिमालय टिभी
२०७७ मंसिर २१ गते १४:४७
लगातार उकालो लागेको शेयर बजारमा पहिरो

२१ मंसिर, २०७७ काठमाडौं । पछिल्ला दिनमा लगातार बढ्दै आएको शेयर बजारमा आज पहिरो गएको छ ।

कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाउ ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज ६ प्रतिशतले घटेको छ । नेप्से ६ प्रतिशतले घटेपछि निर्धारित समयभन्दा ४७ मिनेट पहिला २ बजेर १३ मिनेटमा नै कारोबार बन्द गरिएको छ ।

बजार खुलेको पहिलो घन्टामा चार, दोश्रो घन्टामा ५ र १ बजेपछि ६ प्रतिशतले नेप्से घटबढ भएमा सर्किट लगाएर कारोबार बन्द गर्ने व्यवस्था छ । जसअनुसार आज नेप्से १ सय २३ अंकले घटेर १९ सय ३२ अंकमा झरेपछि सर्किट लागेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेका कारण शेयर बजार बढ्दै गएको थियो । तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर धितोकर्ता घटाउने भनेपछि त्यसको असर आज बजारमा परेको हो । र नेप्से घटेको हो ।

नेप्से घटे पनि आज ७ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । नेपाल पुनर्बिमा कम्पनीको मुल्य १० प्रतिशत घटेर सबैभन्दा धेरै १ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । पुनर्बिमाको गत बिहीबार पनि १ अर्ब १३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *