इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा उक्लियो चेल्सी

२१ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति लिड्स युनाइटेडमाथि ३–१ गोलको नतिजासहित चेल्सीले तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।
चेल्सीको मैदान स्टामफोर्ड ब्रीजमा पेट्रिक बामफोर्डको गोलसँगै लिड्सले शुरुवाती अग्रता बनायो । तर त्यसपछि चेल्सीले लगातार तीन गोल गर्न सफल भयो ।
उसका लागि २७औं मिनेटमा ओलिभर जिरुड, ६१औं मिनेटमा कर्ट जुमा र खेलको अन्तिम समयको इञ्जुरी समयमा क्रिष्टियन पुलिसिकले गोल थपेका थिए । चेल्सीले ११ खेलबाट २२ अंक जोडेको छ ।
यस्तै गएराति नै सम्पन्न अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टह्याम युनाइटेडलाई ३–१ तथा म्यानचेष्टर सिटीले फूलह्यामलाई २–० गोलले पराजित गरे ।
जितसँगै म्यानचेष्टर युनाइटेड तालिकाको चौथो र सिटी पाँचौ स्थानमा उक्लिएका छन् । उता एभर्टन र बर्नलीले ११ गोलको बराबरी खेले ।
प्रतिक्रिया