आर्थिक

तरकारी पकेट क्षेत्र निर्धारण गरेर काम थालेपछि किसान उत्साही (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते २०:३७
तरकारी पकेट क्षेत्र निर्धारण गरेर काम थालेपछि किसान उत्साही (भिडियोसहित)

२० मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सबै वडालाई तरकारी पकेट क्षेत्र निर्धारण गरेर काम थालेपछि किसान उत्साही छन् । कोरोना भाइरस संक्रमणको जोखिमका बीच युवा तथा व्यवसायी लक्षित कार्यक्रम आएपछि किसान लाभान्वित भएका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका सबै १० वटा वडामा वडा बरावर एक तरकारी पकेट क्षेत्र निर्धारण गरि कार्यक्रम ल्याइएको छ । बेदकोट नगरपालिकाको वडा नम्वर १ र २ मा आलु उत्पादन, ३ र ४ मा च्याउ उत्पादन, ५ र ६ मा खुर्सानी उत्पादन, ७ र ८ मा लसुन उत्पादन तथा ९ र १० मा प्याज उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

वडा नम्वर ३ र ४ का ५० जना किसानलाई व्यवसायिक रुपमा उद्यमी वनाउन च्याउखेति सम्वन्धि तालीम तथा विउ वितरण गरिएको छ । यसले कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर आएकालाई राहत भएको छ ।

वेदकोट नगरपालिका र युएनडिपिको सहयोगमा स्वीट नेपालले यो कार्यक्रम ल्याएको हो । यसले स्वदेश तथा विदेशमा रोजगारि गुमाएका युवा, गरिव र विपन्न वर्गका साथै एकल महिला र विगतमा कृषि पेशामा संलग्न भई आर्थिक अवस्था कमजोर भएका कारण पेशाबाट विस्थापित हुन लागेका किसानलाई लक्षित गरेको छ । साथै लामो समयदेखि खेती किसान गरिरहेकालाई पनि सहज भएको छ ।

कार्यक्रमले वेदकोटका दश वटै वडाका कोरोना प्रभावित र लक्षित वर्गका किसानलाई उद्यमी वनाउने लक्ष छ । विशेष गरि युवाले स्वदेश मै उद्यम गरि आर्थिक प्रगति गरुन् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको नगरपालिकाको दावी छ ।

यो परियोजनामा जोडिएका किसानले प्रतिव्यक्ति न्युनतम ३ देखि ५ कठ्ठा जमिनमा तोकिएको कृषि उत्पादन गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *