युरोपा लीगमा लेष्टर सिटी पराजित हुँदा आर्सनलका शानदार जित
१९ मंसिर, २०७७ काठमाडौं । युरोपा लीग फूटबलमा लेष्टर सिटी पराजित हुँदा आर्सनलले शानदार जित निकालेको छ ।
लीग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी जोर्या लुहान्स्कसँग पराजित भएको हो । अवे मैदानमा भएको खेलमा लेस्टर सिटी जोर्या लुहान्स्कसँग १–० ले पराजित भयो ।
लुहान्स्कका लागि ८४ औँ मिनेटमा अल्लायार सय्यदमानेशले गरेको गोल नै निर्णायक बन्यो । हारपछि एक खेल बाँकी हुँदा समूहको शीर्ष स्थानमा कायम रहने लेस्टरको योजनामा धक्का लाग्यो ।
पराजित भए पनि १० अंकसहित लेस्टर समूहको शीर्ष स्थानमै छ । तर दोस्रो स्थानको स्पोर्टिङ्ग ब्रागाको पनि समान १० अंक नै छ । उसले गएराति भएको खेलमा एइके एथेन्सलाई ४–२ ले पराजित गरेको थियो । लेस्टरलाई पराजित गरेको लुहान्स्क ६ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनलले प्रभावशाली जित निकालेको छ । आर्सनलले र्यापीड भिन्नालाई ४–१ गोलले पराजित गर्यो । जितसँगै आर्सनल १५ अंक सहित शीर्ष स्थानमा छ भने पराजित भिन्नाको ६ अंक छ ।
यता टोटनह्यामले लास्कसँग ३३ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया