अन्तर्वार्ता

प्रधानमन्त्री ओ‌लीमा बालहठ देखियो: पम्फा भुषाल (भिडियो)

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:३५
प्रधानमन्त्री ओ‌लीमा बालहठ देखियो: पम्फा भुषाल (भिडियो)

१८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण समस्या आएको भन्दै सच्चिन आग्रह गर्नुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेतृ भुसालले ओली पार्टी निर्णय र हित विपरित अघि बढेको बताउनुभयो ।

बैठक नबस्ने र बैठकमा उपस्थित नहुने ओलीको कदमलाई भुसालले बाल हठ भन्नुभएको छ । भुसालले ओली बैठकमा नआएपनि निर्णय गरेर अघि बढ्ने दावी गर्नुभयो ।

प्रचण्ड पक्षीय नेतृ भुसालले ओलीमा अहंकार मात्रै देखिएको र पार्टी फूटाउने कोशिस गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्