खेलकूद

धनगढीमा गोपीचन्द पार्की सम्मानित

हिमालय टिभी
२०७७ मंसिर १८ गते १९:३७
धनगढीमा गोपीचन्द पार्की सम्मानित

१८ मंसिर, २०७७, धनगढी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई सम्मान गरिएको छ।

धनगढीस्थित कभर्डहलमा सम्मान कार्यक्रम आयोजना गरी कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले उनलाई २५ हजार नगदसहित सम्मान गरेको हो।

बिहीबार आयोजित सम्मान कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ हजार सहयोग गरेका छन्।

यस्तै बोर्ड सदस्य कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता जनाएका छन्।

सम्मान ग्रहणका लागि धनगढी पुगेका पार्कीले, ‘अझै सफलता हासिल गर्न मेहनत गरिरहेको छु। मैले सबैको साथ पाएको छु। यहीँ साथ मेरालागि उर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु’ भने।

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सहयोग गर्ने बताएका छन्।

‘तपाईं रात दिन खटेर मेहनत गर्नुहोस्। हामीले के कस्तो सहयोग गर्न सक्छौ हामी गर्छौ मन्त्री सुवेदीले भने।

धावक पार्की केही हप्ता अगाडि सम्पन्न नेपालगन्ज म्याराथनमा पहिलो भएका थिए। नेपालगन्ज म्याराथन जित्दै ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्