खेलकूद

अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा भारत विजयी

हिमालय टिभी
२०७७ मंसिर १७ गते १७:४४
अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा भारत विजयी

१७ मंसिर, २०७७ काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खलाअन्तर्गत अन्तिम खेलमा भारत विजयी भएको छ ।

घरेलु टिमलाई १३ रनले हराउँदै भारत क्लीन स्वीप हुनबाट जोगिएको छ । क्यानबेरामा भएको अन्तिम खेलमा भारतले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको घरेलु टिम ४९ ओभर तीन बलमा २ सय ८९ रनमा अलआउट भयो ।

अष्ट्रेलियाका लागि आरोन फिन्चले सर्वाधिक ७५ रन बनाए भने ग्लेन म्याक्सवेलले ५९ रन जोडे । भारतीय बलर सामू अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतलाई जीत दिलाउनका लागि शार्दुल ठाकुरले तीन विकेट लिए भने जस्प्रित बुमराह र टि नटराजनले दुई दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्ड्याले अविजित ९२ रनको योगदान दिए । ७६ बलको सामना गरेको पाण्ड्याले सात चौका र एक छक्का प्रहार गरे । उनले रवीन्द्र जडेजासँग मिलेर छैटौं विकेटका लागि अविजित एक सय ५० रनको साझेदारी गरेका थिए ।

जडेजाले पनि ५० बलमा ६६ रन बनाए । कप्तान विराट कोहलीले ६३ रनको योगदान दिए । योसँगै कोहलीले एक दिवशीय क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् । उनी एक दिवशीय क्रिकेटमा १२ हजार रन पार गर्ने छैटौं खेलाडी बनेका छन् ।

उनीभन्दा अघि सचिन तेन्दुल्कर, कुमार संगाकारा, रिकी पोन्टिङ, सनथ जयसुरिया र माहेला अयवर्द्धनेले १२ हजार रनको कोषेढुंगा पार गरेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टन अगरले दुई विकेट लिए भने एडम जाम्पा, सिन एबोट र जोश हेजलउडले एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्