क्रिष्टियानो रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

१७ मंसिर, २०७७ काठमाडौं । क्रिष्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् ।
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड रोनाल्डोले ९ जना खेलाडीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
अवार्डको मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की, मोहम्मद सलाह, नेयमार, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके लगायतका खेलाडी थिए ।
अन्तर्राष्ट्रिय खेल पत्रकारको मतका आधारमा २८ वर्ष पूरा भएका र सक्रिय खेल जीवनमा रहेका खेलाडीलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार हो । यो अवार्ड एक जना खेलाडीले जीवनमा एक पटक मात्र पाउँछन् ।
यो पटकको अवार्ड जितेका ३५ वर्षे रोनाल्डोलाई मोनाकोमा हुने समारोहमा उनको फुट प्रिन्ट प्रदान गरिनेछ ।
सन् २००३ देखि प्रदान गर्न थालिएको यो अवार्ड रोनाल्डिन्हो, रोनाल्डो, ज्लाटन इब्राहिमोविच, डिडियर ड्रोग्बा, एडिन्सन काभानी, इकर कासिलास जस्ता खेलाडीले जितिसकेका छन् ।
प्रतिक्रिया