खेलकूद

पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन

हिमालय टिभी
२०७७ मंसिर १७ गते १४:१८
पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन

१७ मंसिर, २०७७ काठमाडौं । नेपाली क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा नेपाल क्रिकेट संघ क्यानले खेलाडी छनोट समिति र क्रिकेट समिति गठन गरेको छ ।

क्यानले आज विज्ञप्ति निकालेर कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको जानकारी दिएको हो । सन् १९९६ मा एसीसी ट्रफी खेल्दा कर्माचार्यले नेपाली टोलीको नेतृत्व गरेका थिए ।

यो नै नेपालले खेलेको पहिलो आईसीसी मान्यता प्राप्त प्रतियोगिता थियो । यस्तै क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति गठन गरिएको छ ।

यद्यपि समितिले पूर्णता भने पाएको छैन । क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु संघको आगमी बैठकबाट टुङ्गो लगाइने क्यानले जनाएको छ ।

क्यान निलम्बनसँगै पछिल्लो पाँच बर्षदेखि कप्तान, प्रशिक्षक र आइसीसीका प्रतिनिधि सम्मिलित टोलीले राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्