आर्थिक

करको मारमा व्यवसायी, उद्योगी व्यवसायीले गरे प्रदेशमा लाग्ने कर खारेजीको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १७ गते १४:०८
करको मारमा व्यवसायी, उद्योगी व्यवसायीले गरे प्रदेशमा लाग्ने कर खारेजीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७, काठमाडौं । उद्योगी व्यवसायीले दोहोरो करको मारमा परेको भन्दै प्रदेशमा लाग्ने कर खारेज गर्न माग गरेका छन् ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीको गुनासो छ । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खस्केको बताउनुभयो । यसरी दुई सरकारबाट कर असुली कानूनविपरीत भएको उहाँलेको दाबी छ । मुलुकको आर्थिक विकासमा कतिपय कानूननै बाधक भएको गोल्छाको गुनासो छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो । ढकालले निर्यातलाई प्राथमिकता दिन र रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउनका लागि प्रोत्साहित गर्न सरकारलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको भन्दै चिन्ता नगर्न आग्रह गर्नुभयो । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको पनि मन्त्री पौडेलले बताउनुभयो ।

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीतिमार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थभन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *