सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

हिमालय टिभी
२०७७ मंसिर १७ गते ९:०२
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

१७ मंसिर, २०७७ फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताउनभयो ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नम्बरको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *