खेलकूद
प्रधानमन्त्री कप एक राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि गर्ने तयारी
२०७७ मंसिर १६ गते १७:३९
१६ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री कपका लागि तयारी क्यानले सबै तयारी शुरु गरिसकेको क्यानले जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार प्रतियोगिताका लागि मातहतका जिल्ला संघलाई खेलाडी छनोटका लागि पत्र पठाइससकिएको छ ।
मंसिर अन्तिमसम्ममा खेलाडी छनोट प्रक्रिया सक्काएर पुस ११ गते देखि प्रतियोगिता गर्ने क्यानको तयारी छ । जिल्ला प्रशासन र स्थानीय तहबाट अनुमति लिई जिल्ला छनोट प्रतियोगिता जिल्ला क्रिकेट संघले गर्ने क्यानको योजना छ ।
जिल्ला संघबाट आएका खेलाडीको पुस ७ गतेभित्र प्रादेशिक छनौट प्रतियोगिता सक्ने क्यानको तयारी छ ।
प्रतिक्रिया