आर्थिक
सुनको मूल्य आज तोलामा पाँच सय बढ्यो, प्रतितोला ९० हजार पाँच सयमा कारोवार
२०७७ मंसिर १६ गते १३:५७
१६ मंसिर, २०७७ काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज भने तोलामा पाँच सय बढेको छ ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको हो । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले वृद्धि भई ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो ।
यस्तै चाँदी प्रतितोला एक हजार एक सय ५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार एक सय २० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।
प्रतिक्रिया