आर्थिक
हिमालयन बैंकले गत वर्षको कमाइबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने
२०७७ मंसिर १५ गते १३:४४
१५ मंसिर, २०७७ काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
हिमालयन बैंकको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनश शेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीले पाउनेछन् ।
हिमालयन बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । हिमालयन बैंकले प्रस्ताव गरेको लाभांश पोहोरको तुलनामा २ प्रतिशत कम हो।
हिमालय बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्रतिक्रिया