आर्थिक
तमोर नदीमा र्याफ्टिङ्ग सञ्चालन हुने
२०७७ मंसिर १५ गते १३:३८
१५ मंसिर, २०७७, धनकुटा । धनकुटाको तमोर नदीमा र्याफ्टिङ्ग सञ्चालन हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको र्याफ्टिङ्ग पुनः सञ्चालन हुने भएको हो ।
स्वास्थ्य मादण्डसहित पर्यटन क्षेत्र सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेसँगै तमोर नदीमा गरिने जलयात्रा शुरु गर्ने तयारी गरेको संचालकले बताएका छन् ।
तमोर नदीमा पानीको बहाव घटेपछि असोज महिनादेखि र्याफ्टिङ्ग सञ्चालन हुँदै थियो । तर बर्ष कोरोनाका कारण र्याफ्टिङ्ग चैत्र महिना यता बन्द छन् ।
धनकुटाको मूलघाटदेखि सुनसरीको चतारासम्मको ३५ किलोमिटरको यो यात्रा नेपालकै उत्कृष्ट मध्येको एक मानिन्छ ।
प्रतिक्रिया