दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा इंग्ल्याण्डको जित

१५ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी खेलको श्रृंखला जितेको छ ।
दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्याण्डले तीन खेलको श्रृंखलामा २–० को अग्रता बनायो । दोस्रो टी–ट्वेन्टीमा १ सय ४७ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन एक बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।
इंग्ल्याण्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान इयोन मोर्गनले अविजित २६ रन जोड्दा जोश बट्लरले २२ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका ताब्रेज शामसीले ३ तथा लुंगी निडीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । उसका लागि क्विन्टन डिककले ३० तथा जर्ज लिन्डेले २९ रन बनाए ।
इंग्ल्याण्डका आदिल राशिदले २ विकेट लिए । पहिलो खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।
प्रतिक्रिया