टोटेनह्याम पुनः इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा
१५ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम शीर्ष स्थानमा फर्किएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीसँग गोलरहित बराबरी खेलेपनि टोटेनह्याम पुनः शीर्ष स्थानमा पुगेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको १० औं मिनेटमै चेल्सीका टिमो वेरनरले गोल गरेपनि त्यसलाई अफसाइड दिइएको थियो । टोटेनह्यामको १० खेलबाट २१ अंक छ ।
उता दोस्रो स्थानको लिभरपुलले पनि समान १० खेलबाट २१ अंक जोडेको छ । त्यस्तै बराबरीसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको चेल्सीको १० खेलमा १९ अंक छ ।
लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा उल्भ्स र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् । उल्भ्सले आर्सनलमाथि २–१ गोलको जित निकाल्यो ।
जितसँगै १० खेलबाट १७ अंक जोड्दै उल्फ्स छैठौं स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा युनाइटेडले साउथह्याम्टनलाई ३२ गोलले हरायो । जितपछि युनाइटेड तालिकाको आठौं स्थानमा पुगेको छ ।
प्रतिक्रिया