खेलकूद

अष्ट्रेलियाले जित्यो एकदिवसीय सिरिज, भारत ५१ रनले रनले पराजित

हिमालय टिभी
२०७७ मंसिर १४ गते १८:२१
अष्ट्रेलियाले जित्यो एकदिवसीय सिरिज, भारत ५१ रनले रनले पराजित

१४ मंसिर, २०७७ सिड्नी । सिड्नी क्रिकेट मैदानमा आज अष्ट्रेलियाले पाहुना टोली भारतलाई ५१ रनले हराउँदै घरेलु टोलीले शृंखला जितेको हो ।

यसअघि पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो । आजको खेलमा जितका लागि ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले पुरै ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले ८९ र केएल राहुलले ७६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो ।

अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका चार खेलाडीले अर्धशतक र एक खेलाडीले शतकीय पाली खेले । यससँगै ओडिआई इतिहासमा दोस्रो पटक शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको रन बनाएका हुन् । उसका स्टिभ स्मिथले १ सय ४ रन बनाए ।

भारतविरुद्ध स्मिथको यो लगातार तेस्रो र ओडिआई करिअरको ११ औं शतक हो । यसअघि सिरिजको पहिलो खेलमा शतक बनाएका स्मिथले गत जनवरीमा भारतविरुद्ध १ सय ३१ रनको पाली खेलेका थिए ।

त्यस्तै, ओपनर डेभिड वार्नरले ८३ र कप्तान आरोन फिन्चले ६० रन बनाउँदा मार्नस लाबुसेनले ७० र ग्लेन म्याक्सवेलले नटआउट ६३ रन जोडे । यि दुईबीचको तेस्रो तथा अन्तिम खेल बुधबार मनुका ओभल क्यानवेरामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्