मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी

१४ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश १ का सचिव मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक बनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज कटवाललाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी दिएको हो । यसअघि पनि टोलीको सहायक प्रशिक्षक रहिसकेका कटवाल आज टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन् ।
कटवाल फ्रेन्चाईज क्रिकेट लिग पोखरा प्रिमियर लिगमा चितवन राईनोजको प्रशिक्षक हुन् । क्यानले विदेशी प्रशिक्षक नियुक्त गर्नुअघि जगत टमाटालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
उनकै प्रशिक्षणमा ९ महिना पछि खेलाडी औपचारिक प्रशिक्षणमा छन् । किर्तिपुरमा टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण गरिरहेको छ । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको क्यानले जानकारी दिएको छ ।
प्रशिक्षण अघि गरिएको पिसिआर परिक्षणमा उनीहरु तीनजनामा कोरोना संक्रमण देखिएकोमा पछिल्लो परिक्षणमा नेगेटिभ आएपछि प्रशिक्षणमा सहभागी भएका हुन् ।
प्रतिक्रिया