आर्थिक

सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ मंसिर १४ गते १३:४६
सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार

१४ मंसिर, २०७७ काठमाडौं । स्थानीय बजारमा आज सनको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *