खेलकूद
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
२०७७ मंसिर १३ गते ८:११

१३ मंसिर, २०७७ काठमाडौं । सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको लामिछाने जानकारी गराएका छन् ।
संक्रमण पुष्टि पश्चात आफू सेल्फ आइसोलेनमा बसेको उनको भनाइ छ । गत बुधबारदेखि कोरोनाको लक्षण समेत देखिएको र आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनले जनाएका छन् ।
यसअघि क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र वसन्त रेग्मीलाई संक्रमण भएको थियो ।
प्रतिक्रिया