खेलकूद
इंग्लिस प्रिमियर लीगमा क्रिष्टल प्यालेसलाई हराउँदै न्यूक्यासल युनाइटेड विजयी
२०७७ मंसिर १३ गते ७:३९

१३ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीगअन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले क्रिष्टल प्यालेसमाथि २–० गोलको जित निकालेको हो । क्रिष्टलको घरेलु मैदानमा न्यूक्यासलका लागि कालुम विल्सन र जोएलिन्टन एकएक गोल गरे ।
प्रतिस्पर्धात्मक रहेको खेलको दुबै गोल क्रिष्टलले दोस्रो हाफको अन्तिम तीन मिनेटमा गरेको थियो । विल्सनले ८८ औं मिनेटमा त्यसपछि ९० औं मिनेटमा जोएलिन्टनले गोल गरे ।
जितसँगै न्यूक्यासलले १० खेलबाट १४ अंक जोडेको छ । न्यूक्यासल तालिकाको दशौं स्थानमा उक्लिएको छ ।
उता पराजित भएको क्रिष्टल समान १० खेलबाट १३ अंकका साथ १३ औं स्थानमा झरेको छ ।
प्रतिक्रिया