आर्थिक

अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर

हिमालय टिभी
२०७७ मंसिर १२ गते १४:५२
अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर

१२ मंसिर, २०७७ काठमाडौं । एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी सेवा दिन थालेको छ ।

कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै सेन्टरबाट सेवा प्रवाह हुन थालेको हो ।

एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको हो ।

यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधा बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न सेवा लिन सक्नेछन् ।

यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सञ्चाल, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवा पनि यहाँबाट दिने एनसेलले जनाएको छ ।

एनसेलले देशका विभिन्न ठाउँमा ३२ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *