गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
२०७७ मंसिर १२ गते १३:५९
१२ मंसिर, २०७७ पोखरा । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतक दुवैजना पोखराका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानाकारी दिएको छ । मृत्यु हुनेमा पोखरा उपमहानगर –२ का ५९ वर्षीय र वडा नम्बर ३२ का ६६ वर्षीय पुरुष छन् ।
पोखरा २ गते मृत्यु भएका पुरुषको मंसिर १० गते चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वडा नम्बर ३२ का पुरुषको मंसिर १२ गते मृत्यु भएको निर्देशनालयले जानकारी जनाएको छ । उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया