खेलकूद
आर्सनल युरोपा लीगको नकआउट चरणमा प्रवेश
२०७७ मंसिर १२ गते ८:०७

१२ मंसिर, २०७७ काठमाडौं । समूह चरणमा शतप्रतिशत नतिजासहित आर्सनल युरोपा लीग फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रिमियर लीग क्लब आर्सनलले समूह चरणको चौंथो खेलमा घरेलु मैदानमा मोल्डेलाई ३–० ले हराएको हो । समूह ‘बी’ मा रहेको आर्सनल लगातार चौंथो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा आर्सनलका लागि पेपेले गोल गरे । ५५ औं मिनेटमा नेलुसन र ८३ औं मिनेटमा बलोगुनले गोल गर्दै आर्सनललाई विजयी बनाए ।
यस्तै टोटनह्मामले बुल्गेरियाको लुडोगोरेट्सलाई उसकै घरेलु मैदानमा ४–० ले हराएको छ । समूह ुजेु को टोटनह्माको समूह चरणमा यो तेस्रो जित हो । अंकविहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।
समूह चरणको चौंथो खेलमा गएराति विभिन्न २४ खेलहरु भएका छन् ।
प्रतिक्रिया