विदेश

कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै १२ हजार ७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ११ गते ७:५६
कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै १२ हजार ७ जनाको मृत्यु

११ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो समय हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १२ हजार ७ जनाको मृत्यु भएको हो । यसअघि एक दिनअघि मात्रै सबैभन्दा धेरै ११ हजार ७ सय ३३ जनाको मृत्यु भएको थियो । सबैभन्दा बढी अमेरिकामा करिब २३ सय जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६८ हजार नाघेको छ । अमेरिकापछि मेक्सिकोमा ८ सय १३, इटालीमा ७ सय २२, बेलायतमा ६ सय ९६, ब्राजिलमा ६ सय २० तथा भारतमा ५ सय १८ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या १४ लाख २६ हजार नाघेको छ ।

त्यस्तै बुधबार विश्वभर करिब ६ लाख १० हजार जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अमेरिकामा करिब १ लाख ८१ हजार मानिस संक्रमित भए । अमेरिकामा कोरोना संक्रमित १ करोड ३१ लाख नाघेका छन् ।

त्यस्तै पछिल्लो पटक ब्राजिलमा ४५ तथा भारतमा ४४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ६ करोड ७१ लाख नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *