आर्थिक

पुनर्जिवित हुँदै ठमेल बजार, व्यवसायी उत्साहित (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १९:४६
पुनर्जिवित हुँदै ठमेल बजार, व्यवसायी उत्साहित (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । कोभिडका कारण ठप्प पर्यटकीय बजार काठमाडौंको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटपुट मात्रै देखिए पनि स्वदेशी उपभोक्ताका कारण चलहपहल बढेपछि ठमेल क्षेत्रका व्यवसायी उत्साहित देखिएका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि पर्यटकीय बजार ठमेल पनि प्रभावित भयो । विमानस्थल बन्द भएपछि पर्यटकको आवागमन रोकियो ।

सरकारले लकडाउन खुकुलो बनाउँदै गए पनि लामो समय विमानस्थल नखुल्दा पर्यटक नेपाल आउन सकेनन् । त्यसैले पनि ठमेल सुनसान रह्यो । सरकारी मापदण्डका कारण विदेशी पर्यटक आउन नसकेपनि केही दिनयता स्वदेशी उपभोक्ताकाको चहलपहल बढेको व्यवसायीहरु बताउँछन । त्यस्तै होटल क्षेत्रमा पर्यटकले बुकिङका लागि सोधपुछ गरिरहेका छन् ।

पर्यटन व्यवसायीले भने कोभिड रोकथाममा पर्यटकका लागि बनाइएको मापदण्डका कारण पर्यटक आउन नसकेको बताइरहेका छन् । सरकारले नेपाल आएपछि क्वारन्टिन नबसी पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटक आउन सक्ने पर्यटन व्यवसायीको दाबी छ ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो । त्यसैले ठमेलमा विदेशी पर्यटक लक्षित व्यवसाय धेरै छन् । पर्यटक नै नभएपछि ती व्यवसाय समस्यामा छन् । कतिपय त बन्द भइसकेका छन् । यसतर्फ ध्यान दिन सरकारलाई व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *