खेलकूद

कप्तान मल्लासहित तीन जना क्रिकेटरलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ मंसिर १० गते १९:३२
कप्तान मल्लासहित तीन जना क्रिकेटरलाई कोरोना संक्रमण

१० मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण भएको छ ।

कप्तान ज्ञानेन्द्रले आफूलाई कोरोना भएको आज सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका हुन् ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई पनि संक्रमण पुष्टि भएको छ । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडीको कोरोना परीक्षण गरिएको थियो ।

त्यसै क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका खेलाडी आइसोलेशनमा छन् । उनीहरु भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्