रोनाल्डो र मेस्सीसहित ११ खेलाडी फिफा द बेस्ट अवार्डका लागि मनोनयन

१० मंसिर, २०७७ काठमाडौं । स्टार फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसहितका ११ जना खेलाडी फिफा द बेष्ट अवार्डको मनोनयनमा परेका छन् ।
विश्व फूटबल महासंघ फिफाले आज सार्वजनिक गरेको वर्षको उत्कृष्ट ११ जना पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसहित केभिन डी ब्रुइन, रोबेर्ट लेवान्दोस्की, साडियो माने, केलियन एम्बाप्पे, नेयमार, सर्जियो रामोस परेका हुन् ।
यस्तै मोहम्मद सलाह, भिर्गिल भान डायक र थिएगो अलकान्त्रा पनि ११ को सूचिमा परेका छन् । उत्कृष्ट ११ मध्ये ३ जना खेलाडी लिभरपुलका छन् । थिएगो अलकान्त्रा पनि यसै सिजन बार्यन म्युनिखबाट लिभरपुल गएका थिए ।
फिफाले महिलातर्फ पनि उत्कृष्ट ११ जना खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । त्यस्तै, ६ जना उत्कृष्ट महिला तथा पुरुष गोलरक्षक, ७ जना उत्कृष्ट महिला प्रशिक्षक र ५ जना पुरुष प्रशिक्षकको मनोनयन पनि सार्वजनिक गरेको छ ।
मनोनयनमा परेका खेलाडीबाट डिसेम्बर ११ मा फिफाले तीन जना खेलाडीको नाम सार्वजनिक गर्नेछ । फिफाले डिसेम्बर १७ ताखिरमा यो अवार्डको घोषणा गर्नेछ । कोरोना महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट बताइएको छ ।
प्रतिक्रिया