आर्थिक

सुनको भाउ आज पनि एक हजार घट्यो, प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ मंसिर १० गते १५:१९
सुनको भाउ आज पनि एक हजार घट्यो, प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार

१० मंसिर, २०७७ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ ।

कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार सार्वजनिक भएपछि अन्तराष्ट्रिय बजारमा सुनको भाउ क्रमशः ओरालो लागिरहेको छ ।

त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुन ९१ हजारमा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर आज एक हजार १ सय ७५ मा खरिद विक्रि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *