खेलकूद

आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का

हिमालय टिभी
२०७७ मंसिर ९ गते १७:१७
आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का

९ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका छन् ।

उनी एसोसियट राष्ट्रका तर्फबाट दशककै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेडमा पारससँगै अरु पाँच जना खेलाडी पनि छन् ।

स्कटल्याण्डका रिची बेरिङटन, कायल कोट्जर र कलुम म्याकलियोड तथा नेदरल्याण्ड्सका पिटर बोरेन र पपुवा न्यू गिनीका असाद भाला पनि प्रतिस्पर्धामा छन ।

भोटिङका आधारमा विजेताको घोषणा गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वेबसाइटमार्फत खेलाडीलाई भोटिङ गर्न सकिनेछ । आइसीसीले एक दिवशीय क्रिकेटमा पुरुषतर्फ दशककै सर्वोत्कृष्ट खेलाडीको मनोनयन पनि सार्वनजिक गरेको छ ।

जसमा भारतका विराट कोहली, रोहित शर्मा र महेन्द्रसिंह धोनी तथा अष्ट्रेलियाका मिचेल स्टार्क, दक्षिण अफ्रिकाका एबी डीभिलियर्स र श्रीलंकाका कुमार सांगाकारा छन् ।

यही विधामा महिलातर्फ अष्ट्रेलियाकी मेग ल्यानिङ र एलिस पेरी, न्यूजिल्याण्डकी सुजी बेट्स, वेष्ट इण्डिजकी स्टेफानी टेलर तथा भारतका मिथाली राज र झुलान गोस्वामी छन् ।

पुरुष ट्वेन्टी ट्वेन्टी प्लेयर अफ द डिकेडमा अफगानिस्तानका रासिद खान, भारतका विराट कोहली र रोहित शर्मा, दक्षिण अफ्रिकाका इमरान ताहिर, अष्ट्रेलियाका आरोन फिन्च, श्रीलंकाका लासिथ मालिंगा र वेष्टइण्डिजका क्रिश गेल छन् ।

महिलातर्फ अष्ट्रेलियाकी मेग ल्यानिङ, न्यूजिल्याण्डकी सोफी डेभाइन, अष्ट्रेलियाकी एलिस पेरी, वेष्ट इण्डिजकी डियन्ड्रा डोटिन, अष्ट्रेलियाकी एलिसा हेली र इंग्ल्याण्डकी अन्या श्रुब्सो छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्