आर्थिक

सुनको भाउ तोलामा १८ सय रुपैयाँ सस्तियो, प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ मंसिर ९ गते १३:५३
सुनको भाउ तोलामा १८ सय रुपैयाँ सस्तियो, प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार

९ मंसिर, २०७७ काठमाडौं । सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद विक्री भएको सुनको भाउ आज ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ८० रुपैयाँ तोकिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि अहिलेसम्म प्रतिऔंश झण्डै १० अमेरिकी डलरले सुनको भाउ सस्तो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *