खेलकूद

कोरोनाका कारण रोकिएको आर्मीका खेल गतिविधि शुक्रबारदेखि शुरु हुने

हिमालय टिभी
२०७७ मंसिर ८ गते १८:२५
कोरोनाका कारण रोकिएको आर्मीका खेल गतिविधि  शुक्रबारदेखि शुरु हुने

८ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ठाउँमा खेलाडीलाई ड्युटीमा खटाउन परेका कारण रोकिएको नेपाल आर्मी क्लबको खेलकूद गतिविधि शुक्रबारदेखि शुरु हुने भएको छ ।

सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले खेलकूदका नियमित प्रशिक्षण शुक्रबारदेखि संचालन गर्न लागेको हो ।

लकडाउनयता कोरोना सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि सेनाले खेल गतिविधि स्थगित गरी खेलाडीलाई आआफ्नो युनिटमा पठाएको थियो ।

आर्मी क्लबले विभिन्न चरणमा गरि प्रशिक्षणलाई पुर्न रुप दिने तयारी गरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेपको समन्वयमा सेनाले पहिलो चरणमा सागमा सहभागी खेलाडी, सेनाकै प्रशिक्षक र दोस्रो चरणमा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रशिक्षणमा सामेल गर्ने योजना बनाएको छ ।

त्यस्तै, स्थगित भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता अन्तर्गतका खेलहरु संचालन गर्ने तयारी पनि भइरहेको छ । थुप्रै अन्तराष्ट्रिय खेलाडी उत्पादन र प्रशिक्षणका लागि महत्वपूर्ण योगदान दिँदै आएको सेनाका खेलाडीहरुले १३ औँ सागमा २३ स्वर्ण, ३१ रजत र ४९ काँश्य जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्