आर्थिक

सुदूरपश्चिम प्रदेशले शुरु गर्‍‌यो कृषि अनुसन्धान केन्द्र स्थापनाको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ८ गते १४:२०
सुदूरपश्चिम प्रदेशले शुरु गर्‍‌यो कृषि अनुसन्धान केन्द्र स्थापनाको तयारी (भिडियोसहित)

८ मंसिर, २०७७ कञ्चनपुर । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना प्रक्रिया शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्र स्थापना गर्न लागेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबीआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना प्रक्रिया शुरु भएको छ ।

भएको जमिन समेत बाँझो छोडेर विदेशिरहेका युवालाई यो कार्यक्रमले स्वदेशमै काम गर्न प्रेरित गर्ने अपेक्षा लिइएको छ । यसले बिउ बिजन उत्पादन, कृषि अनुसन्धानका कार्यक्रम, कृषि क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि सिकाई केन्द्रको काम गर्नेछ ।

मल तथा बिउ नपाएर भारतीय सिमावर्ती बजारको गुणस्तरहीन बिउ छर्न बाध्य यहाँका किसान कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको खबर सुनेर निकै खुशी भएका छन् । सरकारले ल्याएको यो योजनालाई स्थानीय कृषकले स्वागतयोग्य रहेको बताएका छन् । योजना अनुसार चाँडो कार्यान्वयन हुनुपर्नेमा किसानले जोड दिएका छन् ।

प्रदेशले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले पुनर्वास नगरपालिकालाई मात्रै फाइदा नभएर सिंगो सुदूरपश्चिम प्रदेशलाई फाइदा पुग्ने जनप्रतिनिधिको विश्वास छ ।

प्रदेश सरकारले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिमको कृषि क्षेत्र धेरै अगाडी बढ्ने छ । अनुसन्धान केन्द्र स्थापनालाई सफल बनाउन सबैले सहयोग गर्नु पर्ने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *