आर्थिक

सनराइज बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने

हिमालय टिभी
२०७७ मंसिर ८ गते १३:४६
सनराइज बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने

८ मंसिर, २०७७ काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८ दशमलव २८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ दशमलव ८ प्रतिशत बोनस शेयर र करसहित २ दशमलव ४८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उसको यो लाभांश ८ वर्षयताकै कम हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

सनराइज बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ । सन राइज बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३८ करोड २९ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *