खेलकूद

लिभरपुल इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ मंसिर ८ गते ७:५४
लिभरपुल इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा उक्लियो

८ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा लेष्टर सिटीलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिओगो जोटा र रोबर्टो फिरमिन्होले एक(एक गोल गरे भने एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो ।

खेलको २१ औं मिनेटमा सिटीका जोनी इभान्सको आत्मघाती गोलसँगै लिभरपुलले अग्रता लियो । त्यसपछि लिभरपुलका लागि ४१ औं मिनेटमा जोटा र ८६ औं मिनेटमा फिरमिन्होले गोल गरे । जितसँगै लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ ।

उता पराजित भएको सिटी समान ९ खेलबाट १८ अंकका साथ चौथो स्थानमा छ । प्रिमियर लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा एभर्टनले फूलह्याममाथि ३–२ तथा वेष्टह्यामले सेफिल्ड युनाइटेडमाथि १० को जित निकाले । त्यस्तै आर्सनल र लिड्स गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्