खेलकूद
रुसी खेलाडी मेदभेदेभलाई एटीपी फाइनल्स टेनिसको उपाधि
२०७७ मंसिर ८ गते ७:४५

८ मंसिर, २०७७ लण्डन । एटीपी फाइनल्स टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेभले जितेका छन् ।
लण्डनमा सम्पन्न फाइनलमा चौथो वरियताका मेदभेदेभले अष्ट्रियाका डोमिनिक थिएमलाई पराजित गर्दै उपाधि चुमेका हुन् । मेदभेदेभले तेस्रो वरियताका थिएममाथि ४–६, ७–६ र ६–४ को सेटमा जित निकाले ।
थिएमले पहिलो सेट जित्दै अग्रता लिएपनि त्यसपछि मेदभेदेभले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई सेट जित्दै उपाधि उचाले । २४ वर्षीय मेदभेदेभको खेल जीवनको यो हालसम्मै ठूलो उपाधि हो ।
वरियतामा शीर्ष तीनमा रहेका खेलाडीलाई हराउँदै उपाधि जित्ने मेदभेदेभ पहिलो खेलाडी समेत बने ।
उपाधि जित्ने क्रममा प्रतियोगितामा उनले शीर्ष वरियताका नोभाक जोकोिभिच, दोस्रो वरियताका राफायल नाडाल र तेस्रो वरियताका थिएमलाई हराए ।
प्रतिक्रिया