विदेश

मान्छेको मासु खाएको आशंकामा शिक्षक पक्राउ

हिमालय टिभी
२०७७ मंसिर ७ गते १७:३२
मान्छेको मासु खाएको आशंकामा शिक्षक पक्राउ

७ मंसिर, २०७७ जर्मनी । जर्मनीको एउटा स्कुलका शिक्षकलाई मान्छेको मासु आएको अभियोगमा पक्राउ गरिएको छ ।

स्टेफान नामक ती शिक्षकले डेटिङ साइटमा पुरुष समलिंगीलाई भेटेर आफ्नो अपार्टमेन्टमा बोलाएका थिए । त्यसपछि उनको हत्या गरेर मासु खाएको आशंका प्रहरीले गरेको छ ।

अनुसन्धानका क्रमममा कुकुरले नजिकैको पार्कमा मासुरहित हड्डी फालिएको अवस्थामा भेटाएको थियो । त्यसपछि सो कुकुर ती शिक्षकको अपार्टमेन्टमा पुगेको थियो ।

ती ब्यक्तिले मान्छेको मासु खानेहरुको बारेमा इन्टरनेटमा खोज गरेको पाइएको थियो । इन्टरनेटमा उनले लिंग काटिएको मानिस जिउँदो हुन्छ की हुँदैन भन्ने खोज गरेका थिए ।

मर्ने व्यक्ति भने ४४ वर्षका थिए । दुई साताअघि मृतकका साथीहरुले हराएको रिपोर्ट गरेका थिए । अनुसन्धानका क्रममा दुई वटा कुकुरलाई स्वतन्त्र छोडिएको थियो । दुबै कुकुर ती शिक्षकको घरमा पुगेका थिए । त्यहाँ केही मानिसको हाड र केही बोतल रसायनिक पद्धार्थ पनि प्रहरीले बरामद गरेको थियो ।

सो रसायनिक पद्धार्थले मानिसको शरीर पगाल्न सहयोग गर्ने प्रहरीको आशंका छ । उनको अपार्टमेन्टमा रगतका छिटाहरु पनि देखिएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *