कला/मनोरञ्जन

हाँस्य कलाकार भारती सिंह पक्राउ, प्रहरीको छापामा भेटियो ८६ ग्राम गाँजा

हिमालय टिभी
२०७७ मंसिर ७ गते १४:४९
हाँस्य कलाकार भारती सिंह पक्राउ, प्रहरीको छापामा भेटियो ८६ ग्राम गाँजा

नयाँ दिल्ली । भारतीय हाँस्यकलाकार भारती सिंह पक्राउ परेकी छन् । प्रहरीको छापामा उनको अपार्टमेन्टबाट गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार भारती र उनको श्रीमान हर्ष लिम्बाचिया बस्दै आएको कोठाबाट ८६ दशमलब ५ ग्राम गाँजा बरामद गरिएको हो ।

भारतीको जोडीले हालै बेस्ट डान्सर नामक रियालिटी शो चलाउँदै आएका छन् । जुन कार्यक्रममाथि पनि प्रश्न उठाइएको छ ।

पछिल्लो पटक कलाकारहरु बस्ने स्थानमा प्रहरीले छापा गर्दै आएको छ । सुशान्त सिंह राजपुतको आत्महत्यापछि तानिएको लहरोले बलिउडका दर्जनौं हाइप्रोफाइल सिलेब्रिटी लागु औषध ब्यूरोको अनुशन्धानमा तानिएका छन् ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार लागु औषध डिलरसँगको सोधपुछका क्रममा भारतीको नाम आएको थियो ।

यसक्रममा अभिनेत्री दिपिका पादुकोण, रकुलप्रित सिंह र श्रद्धा कपुरलाई पनि प्रहरीले पक्राउ गरेर सोधपुछ गरिसकेको छ । प्रहरीसँग जाँदै गर्दा भारतीले भनिन्, ‘हामीलाई केही सोधपुछका लागि लगिँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *