खेलकूद

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

हिमालय टिभी
२०७७ मंसिर ७ गते ८:२१
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

७ मंसिर, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ ।

ला लिगामा गएराति एट्लेटिको मड्रिडले बार्सिलोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा यानिक कारास्कोले गरेको गोल नै निर्णायक रह्यो ।

कारास्कोले पहिलो हाफको इञ्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । उता दोस्रो हाफमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके घुँडामा चोट लागेका कारण बाहिरिएका थिए ।

उनको चोटको बारे यकिन थाहा नभएपनि उनी अधिकतम ६ महिना मैदान बाहिरै रहन सक्ने स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोले ८ खेलबाट २० अंक जोडेको छ ।

शीर्ष स्थानको रियल सोसिडाडको ९ खेल खेलबाट २० अंक नै रहेको छ । उता हारपछि ८ खेलबाट ११ अंक रहेको बार्सिलोना १० औं स्थानमा झरेको छ ।

ला लिगा अन्तर्गत नै अन्य खेलमा सेभियाले सेल्टा डी भिगोलाई ४–२ गोलले हरायो । त्यस्तै रियल मड्रिड र भिल्लारियाल तथा इल्ची र लेभान्टे समान ११ को बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्