खेलकूद

एटीपी फाइनल्स टेनिस उपाधिका लागि मेदभेदेव र थियम भिड्ने

हिमालय टिभी
२०७७ मंसिर ७ गते ७:३०
एटीपी फाइनल्स टेनिस उपाधिका लागि मेदभेदेव र थियम भिड्ने

७ मंसिर, २०७७ लण्डन । एटीपी फाइनल्स टेनिसको उपाधिका लागि डानिल मेदभेदेभ र डोमिनिक थियम भिड्ने भएका छन् ।

लण्डनमा सम्पन्न दोस्रो सेमीफाइनलमा रुसी खेलाडी मेदभेदेभले विश्व नम्बर दुई राफायल नाडाललाई हराउँदै फाइनल यात्रा तय गरे । चौथो वरियताका मेदभेदेभले स्पेनका नाडालमाथि ३–६, ७–६ र ६–३ को सेटमा जित निकालेका हुन् ।

यसअघि पहिलो सेमीफाइनलमा शीर्ष वरियताका नोभाक जोकोभिचलाई स्तब्ध बनाउँदै अष्ट्रियाका थियमले फाइनलमा स्थान पक्का पारेका थिए । तेस्रो वरियताका थियमले सर्वियाका जोकोभिचलाई ७–५, ६–७ र ७–६ को सेटमा हराएका थिए ।

फाइनलमा पुगेका दुबै खेलाडीले अहिलेसम्म सिजनको अन्तिम एटीपी फाइनल्सको उपाधि जितेका छैनन् । उपाधि भिडन्त आज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्