गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
२०७७ मंसिर ६ गते १६:३०
६ मंसिर, २०७७, पोखरा । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्की र पर्वतका एकएक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१३ का ७९ वर्षका पुरुष र पर्वत, मोदी गाउँपालिका–६ का ६१ वर्षीय पुरुष छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।
प्रतिक्रिया