आर्थिक

चियाले चिनिएको इलामको अर्को पर्यटकीय आकर्षण पानीटार (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ६ गते १४:२१
चियाले चिनिएको इलामको अर्को पर्यटकीय आकर्षण पानीटार (भिडियोसहित)

६ मंसिर, २०७७, इलाम । चियाका लागि पूर्वी पहाडी जिल्ला इलाम चर्चित छ । चियाले इलामलाई सजाएर सुन्दर बनाएको छ । चियाकै कारण विभिन्न ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकासित भएका छन् । यस्तै महत्वपूर्ण गन्तव्यको रुपमा इलामको देउमाई नगरपालिकाको पानीटार पनि विकासित भइरहेको छ ।

इलामका डाँडामा लगाइएको चिया, फराकिलो तथा लोभलाग्दो चिया बगान क्षेत्र अत्यन्त सुन्दर छ । चियाबारीको बिचबाट अघि बढेको सडक उत्तिकै लोभलाग्दो देखिन्छ । यो ठाँउमा घुम्न जानेको संख्यामा पछिल्लो समय बढोत्तरी हुन थालेको छ । इलाम बाहेकका पाँचथर, झापा लगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ पुग्छन् । त्यही भएर यहाँ होमस्टे लगायतका अन्य पूर्वाधारको विकास गर्न थालिएको छ ।

तस्वीर खिच्च, घुम्न तथा केही दिन आनन्दका साथ समय कटाउनका लागि यो ठाउँ महत्वपूर्ण छ । हिँउदको समयमा वनभोजका लागि समेत यहाँ विभिन्न ठाउँबाट आउने गरेका छन् ।

पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउन स्थानीय बासिन्दाले मेहनत गर्न थालेका छन् । पानीटार क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ । सिदिथुम्का डाँडा, अजम्बरे डाँडा, जितपुरको झ्याउपोखरी लगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् ।

पानीटारको चियाबारीभित्र ठाउँ–ठाउँमा बस्ने र रमाइलो गर्ने स्थानहरू निर्माण गरिएको छ । पछिल्लो समय पूर्वी पहाडमा चर्चामा रहेको पानीटार क्षेत्रमा थप पूर्वाधारको विकास गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *